© Nepal Exchange Rates

संस्थाको परिचय

पाल्पा जिल्ला साविकको रामपुर गा.वि.स. वडा नं. ४ हाल रामपुर नगरपालिका वडा नं. ५ मा अवस्थित संस्था हो । यस रामपुर बचत तथा ऋण सहकारी संस्था लि. पाल्पा जिल्ला तानसेन सदरमुकाम देखि झण्डै ६५ कि.मी. पूर्वमा रहेको एक उपत्यका भित्र रहेको संस्था हो । साविक रामपुर गा.वि.स. वडा नं. ४ स्थित बेझाँड बजारमा रहेका केही ब्यवसायिक साथीहरुको नेतृत्वले यहाँ छरिएर रहेको पुँजीलाई एकिकृत गरी स्थानीय ब्यवसायि साथीहरुको गर्जो टार्ने गरी २०५७ सालमा यस संस्था विधिवत रुपमा सहकारी ऐन २०४८ द्धारा डि.स.का. दर्ता नं. १०५/०५७/०५८ दर्ता गरिएको हो । २०५५ सालमा स्थापित चन्द्र ज्योति बचत तथा ऋण सहकारी सस्था लि. र २०५७ सालमा स्थापित रामपुर बचत तथा ऋण सहकारी संस्था लि. एउटै सेवा दिने संस्था बीच प्रतिस्पर्दा गर्नुभन्दा एउटै संस्था बनाई सहकारी सिद्धान्त अनुरुप विस्तारीत ढंगले अगि बढ्नु पर्छ भन्ने मान्यता साथ दुवै संस्थाका संचालक बीच बृहत छलफल गरी मिति २०६४/१२/३० गते दुवै संचालक समितिले विधिवत रूपमा निर्णय गरी २०६५/०२/०१ डिभिजन… पूरै पढ्नु

अध्यक्षको भनाई

बचत दुःखको बेला गर्जो टार्ने विज हो, सृजनात्मक कार्य गर्ने थलानीको विज पनि हो, समृद्धिका लागि आधार पनि हो भन्ने मान्यता हामीले लिदै आइएका छौं । सुरुको दिन र आजको दिन संस्थालाई तुलना गर्दा वित्तिय रुपमा, जनशक्तिको रुपमा, पहुच र प्रविधिको रुपमा अझै छलाङ्ग मार्न बाँकी रहेको महसुस गरेकोछु ।… पूरै पढ्नु

बचत योजना

आफूले आर्जन गरेको रकमबाट आफनो आवश्यकता अनुसार खर्च गरी वा आवश्यकताको काम गरी बाँकी बचेको रकमलाई सामान्यतया बचत भन्ने गरिन्छ । आफूले आर्जन गरेको कुनै पनि आम्दानी परिणाममुखी काममा प्रयोग गर्न बचत गर्नु जरुरी हुन्छ । आफूसंग बाँकी बचेको रकम साथैमा राखी रहदा कहिलेकही आवश्यक नै नपरी पनि खर्च गर्न सकिन्छ । त्यसरी बीचैमा आवश्यक नै नपरी खर्च गरियो भने पैसा सकिन्छ र अर्को पटक आवश्यक काम तथा खाँचो टार्न पैसा नभएर अल्मलिनु पर्ने हुन सक्छ अथवा अन्यत्र कहि गएर…

पूरै पढ्नु

हार्यरपर्चेज कर्जा

सवारी साधन खरिद ऋण यस्तो ऋण व्यक्तिगत तथा सार्वजनिक भाडामा सञ्चालन गर्ने सवारी साधन...

शैक्षिक कर्जा

सदस्य स्वयम् वा सदस्यका आश्रित सन्ततीहरुले प्राविधिक शिक्षा हासिल गर्ने कार्यमा वित्तीय समस्याका कारण...

व्यक्तिगत तथा घर कर्जा

सदस्यको घरायसी व्यवहारमा आईपर्ने दैनिक आवश्यकता परिपूर्ति गर्न प्रदान गरिने ऋणलाई ‘व्यक्तिगत तथा घर...

कृषि तथा पशुपालन कर्जा

कृषि ऋण अन्तर्गत सबै शिर्षकका ऋणमा सिफारिश गरिएको जात, माटोको परीक्षण र बाली सम्बन्धी...

ऋण योजना

सहकारी संस्थाको सदस्यता प्राप्त गरेपछि आफूले गर्न चाहेको योजना तथा कार्यहरु सम्पन्न गर्न संस्थामा ऋण कर्जा माग प्रस्ताव गरेपछि आवश्यक प्रावधान पूरा गरी आवश्यकता अनुसार र संस्थाको नीति बमोजिम ऋण कर्जा प्रदान गर्न र प्राप्त गर्न सकिनेछ । संस्थाबाट सदस्यता प्राप्त गरिसकेपछि आर्थिक र सामाजिक उन्नती गर्न, आयमुलक सिर्जनात्मक कार्य गरी स्वाबलम्बी र आत्म निर्भर बन्न, आफनो सीप क्षमता तथा प्रविधिमा आधारित ब्यवसायिक कार्य गर्न आफनो श्रोत तथा पूँजीले नपुग्ने भएमा आफूले चाहेको ब्यवसाय गर्न सहकारी संस्थाबाट ऋण कर्जा लिन सकिनेछ । संस्थाले आफनो हरेक सदस्यले कुनै न कुै प्रकारका आयमूलक बहुउपयोगी सिर्जनात्मक ब्यवसाय गरी रोजगार तथा स्वरोजगारको अवसर सिर्जना गर्न, आय क्षेत्र विस्तार गर्न, आम्दानी बढाई सुखी र खुशी बन्न, आफनो आवश्यकता परिपूर्ती गर्न तर्फ अग्रसर होउन् भन्ने अभिप्रायले… पूरै पढ्नु

संस्थाबाट सेवा दिदै आएका रेमिटान्स् कम्पनीहरु