Notice

  • नियमित बचतमा ८% (बार्षिक ब्याजदर), ऐच्छिक बचतमा ६%(बार्षिक ब्याजदर), बाल बचतमा ८% (बार्षिक ब्याजदर), दैनिक बचतमा ५% (बार्षिक ब्याजदर) आवधिक बचतमा ९-१०.५% ब्याजदर –

चौथो कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सम्पन्न

चौथो कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला प्याम वर्क कार्यक्रम सम्पन्न भएको छ । प्रोवेसन लुम्बिनी क्लष्टर अन्तर्गतका ९ वटा सहकारी प्रोगेसनका सम्योजक, सदस्यहरु, व्यबस्थापकहरु लगायत आयोजक सस्थाका कर्मचारी ,सन्चालक समिती सदस्य ,लेखा सुपरिबेक्षण समिति सदस्यहरु को उपस्थित रहेको प्यालम वर्कशपमा सहभागी भयका छन । रामपुर बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठको अध्यक्षता मा भएको कार्यक्रममा नेपाल बचत तथा केन्द्रिय सहकारी संघ लि .(नेफ्स्सुन)का केन्द्रिय सदस्य कृष्ण प्रसाद नेपाल को प्रमुख आतिथ्यतामा भएको हो ।प्रमुख आतिथी नेपालले बोल्दै जनताको लगानी बाट चल्ने भएकोले पारदर्शीता र व्यबस्थित गरि चलाउने उद्देश्य र आर्थिक वृद्धिमा टेवा पुर्याउने गरि अगाडि बढ्नु पर्ने मा जोड दिनु भएको छ । रामपुर साकोसका सन्चालक समिति सदस्य पबित्रा ढकाल पौडेलको स्वागतबाट सुरु भएको कार्यक्रममा उपस्तिथि ९ वटा सहकारीका व्यबस्थापक कर्मचारी कार्य प्रगति विवरण प्रस्तुत गरिएको छ को । पुर्ण तथा व्याबसायिक साकोस बिकास गर्न भाका ऋण घटाउने, सहकारी बाट जनतालाइ समृद्ध बनाउने सरकारको नीति अनुरुप अगाडि बढ्न विभिन्न योजना बनाउदै अगाडि बढ्नु पर्ने बिषयमा छलफल भएको छ । सबै सहकारी सामाजिक सुरक्षा कोषमा जोडिनु पर्ने कुरामा जोड दिदै दिगो बिकास लक्ष्य प्राप्तिलागि सहकारी लाई अगाडि लैजानु पर्ने निस्कषमा पुगेको छ । उपस्थित सहकारी मध्य बाट पल्लबी साकोस रुपन्देही उत्कृष्ट सहकारी बनेको छ ।कार्यक्रम को सन्चालन सचिब लेखनाथ शर्मा मरासिनी ले गर्नु भएको हो ।आगामी कार्यशाला गोष्ठी पल्लबी साकोस रुपन्देहीमा हुने समेत निर्णय भएको छ ।