सहकारी ऐन नियमावली सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न

पाल्पा, रामपुर चैत्र १, सहकारी ऐन नियमावली तथा प्रोवेशन म्यानुअल सम्बन्धि छलफल तथा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
रामपुर वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा कार्यक्रम भएको हो । संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी ऐन, सहकारी नियमावली लगायतका विषयमा जानकारी दिइएको छ । संस्थाका उपाध्यक्ष नगिलाल पौडेलको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन संचालक समिति सदस्य बाबुराम श्रेष्ठले गर्नुभएको हो । होटल नमस्ते पाल्पाको सभाहलमा भएको कार्यक्रममा संचालक समिति सदस्य, लेखा सुपरीवेक्षण समिति सदस्य, विभिन्न उपसमिति सदस्य, कर्मचारीलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको हो ।
तालिमको सहजिकरण संचालक समिति सचिव लेखनाथ शर्मा मरासिनी, सदस्य राजेन्द्रप्रसाद बस्ताकोटी, व्यवस्थापक रामचन्द्र अधिकारी, लेखा अधिकृत गोविन्द पाठकले गर्नुभएको हो ।