ब्याज छुट (सुविधा) सम्बन्धि सूचना ।

रामपुर बचत तथा ऋण सहकारी संस्था लि. रामपुर, पाल्पामा ऋण (कर्जा) लिनु भएका शेयर सदस्यका लागि ब्याज छुट (सुविधा) सम्बन्धि सूचना ।

हाल विश्वब्यापी महामारीको रुपमा फैलिएको नोबेल कोराना भाइरस संक्रमणको सम्भावित जोखिमबाट जोगिन र संक्रमण फैलिन नदिन नेपाल सरकारबाट २०७६ चैत्र ११ गते देखि बन्दाबन्दी (लकडाउन) घोषणा गरी यद्यपी जारी छ । बन्दाबन्दीको यस अवस्थामा हाम्रो शेयर सदस्यको आय क्षेत्रमा असर पर्न गएको तथा विभिन्न उद्देश्यमा शेयर सदस्यले लिनु भएको ऋणको किस्ता र ब्याज बुझाउन तथा बचत जम्मा गर्न समेत अप्ठेरो पर्न गएको कुरालाई मध्यनजर गर्दै संस्थाबाट ऋण कर्जा लिनुभएका ऋण कर्जावाला शेयर सदस्यले २०७७ बैशाख महिना सम्ममा ऋण किस्ता वा ऋण चुक्ता गर्नुभएमा २०७६ चैत्र र २०७७ बैशाख महिनामा लाग्ने ब्याजमा ५÷५ प्रतिशत छुटको सुविधा उपलब्ध गराउने संस्था संचालक समितिको बैठकबाट निर्णय भएको ब्यहोरा सम्बन्धित सदस्यहरुमा  जानकारी गर्दछौं ।
यस बन्दाबन्दीको समय सम्म हप्ताको आइतबार, सोमबार, बुधबार र विहीबार विहान ११ः०० बजे देखि दिनको १ः०० बजे सम्म सदस्यको अत्यावश्यक कामका लागि संस्थाको कार्यालय खुल्ने ब्यहोरा समेत जानकारी गराउदछौं । थप जानकारीका लागि संस्थाको वेवसाईट, फेसबुक पेज र संस्थाद्वारा प्रकाशित सूचनामा राखिएको छ ।