बचतका प्रकारहरू

(क) नियमित बचत :
प्रत्येक महिना महिनामा वा निश्चित नियमित अवधिमा सदस्य रहँदासम्म अनिवार्य रूपमा सदस्यले जम्मा गर्न कवोल गरेको बचतलाई नियमित बचत भनिने छ । यस्तो बचत मासिक रुपमा संस्थाले तोकेको मापदण्डमा सदस्यले कबुल गरे अनुसार नियमित रुपमा जम्मा गर्नुपर्नेछ । यस्तो बचतमा सदस्यको नियमित आय क्षमताको आधारमा एक आर्थिक वर्षभरी समान दरमा जम्मा गर्नुपर्नेछ ।
(ख) ऐच्छिक बचत :
संस्थाका सदस्यहरूले आफूस“ग भएको रकमलाई आफ्नो ईच्छाअनुसार राख्ने र झिक्न पाउने सुविधा भएको बचतलाई ऐच्छिक बचत भनिने छ । सदस्य बनेपश्चात सम्पूर्ण सदस्यहरुले यस्तो खाता सञ्चालन गर्न सक्नेछन् । संस्थाले सदस्यलाई भुक्तानी दिनुपर्ने रकमहरु व्याज, लाभांश, संरक्षित पुँजी फिर्ता कोषको रकम यसै खाता मार्फत भुक्तानी दिनेछ । यस्तो बचतमा न्यूनतम रू ५००।- देखि संस्थाको क्षमता अनुरुप जतिसुकै रकम स्वीकार गर्न सकिने छ ।
(ग) दैनिक बचत :
दैनिक आम्दानी गर्ने सदस्यहरुको सुविधाका लागि संस्थाका सदस्यहरूले दैनिक रूपमा संस्थामा आई जम्मा गर्ने वा संस्थाका कर्मचारीहरूले दैनिकरुपमा सदस्यहरूको घर दैलोमा गई संकलन गरिने बचतलाई दैनिक बचत भनिने छ । दैनिक बचतमा न्यूनतम रू १००।– रकम जम्मा गर्न सकिने छ । यस्तो खाता सञ्चालन गर्दा संस्था र सदस्यबीचमा भएको सम्झौताका आधारमा खाता सञ्चालन गर्ने अवधि निश्चित गरिन्छ ।
(घ) वाल बचत :
सदस्यको संरक्षकत्वमा रहेका ५ वर्षदेखि १६ वर्षसम्मका बालबालिकाहरुले मासिक वा ऐच्छिक रूपमा जम्मा गर्ने बचतलाई वाल बचत भनिने छ । यस्तो बचतमा न्यूनतम रु १००।–देखि अधिकतम जतिसुकै रकम बचत गर्न सकिने छ ।
ङ) आवधिक बचत :
संस्थाका सदस्यहरूले निश्चित अवधि सम्मकोलागि सम्झौता गरी राखिने बचतलाई आवधिक बचत भनिने छ । यस्तो बचतमा न्यूनतम रू ५०००।–देखि अधिकतम जतिसुकै रकम बचत गर्न सकिने छ । यसरी संकलन गरिने बचत संस्थाको कूल बचतको २० प्रतिशत भन्दा बढी हुने गरी स्वीकार गरिने
छैन ।
च) बीमा बचत :
सदस्यहरुको वित्तीय सुरक्षाको लागि जोखिम व्यवस्थापन गर्न जीवन बीमालाई प्रोत्साहित साथै सहज र सरल बनाउन न्यून आय भएका सदस्यहरुलाई समेत व्यावसायीक बीमा योजनामा सहभागी गराउने उद्देश्यले बीमा प्रिमियम भुक्तानी प्रयोजनको लागि गरिने बचतलाई बीमा बचत भनिन्छ । यो बचतमा न्यूनतम रु ५००।– देखि बढिमा जतिसुकै रकम जम्मा गर्न सक्नेछन् ।
छ) रेमिट्यान्स बचत :
बैदेशिक रोजगारीमा जाने सदस्य वा निजका आश्रित सदस्यहरुले वैदेशिक रोजगारीमा आर्जित रकमको सही व्यवस्थापन गरी रोजगारीमा जाने व्यक्तिको आर्थिक जीवनलाई सुरक्षित पार्ने उद्देश्यले विदेशबाट प्राप्त रकम मार्फत गरिने बचतलाई रेमिट्यान्स बचत भनिन्छ । यस्तो बचतमा न्यूनतम रु ५०००।–देखि बढिमा जतिसुकै रकम जम्मा गर्न सकिनेछ ।
ज) सामाजिक बचत
सामाजिक उद्देश्यका लागि सदस्य, विद्यालय, गुठी, समूह, संगठित संघ संस्थाहरुले अक्षयकोष स्थापना गरी सामुदायिक विद्यालय, गुठी, पाटी, पौवा, धारा, चौतारी, प्रतिक्षालय, पुल पुलेसो आदिमा सहयोग गर्ने उद्देश्यले रकम व्यवस्थापन गर्न प्रयोजन खुलाई गर्ने बचतलाई सामाजिक बचत भनिनेछ । यस्तो बचतमा न्यूनतम रु १०००।- देखि अधिकतम जतिसुकै रकम जम्मा गर्न सक्नेछ ।
(झ) जेष्ठ सदस्य बचत
संस्थाका सदस्यहरू मध्ये ६० वर्ष उमेर पुगेका सदस्यहरूबाट मासिक वा ऐच्छिक रूपमा जम्मा गरिने बचतलाई जेष्ठ सदस्य बचत भनिने छ । यस्तो बचतमा न्यूनतम रु.५००।– बचत गर्न सकिनेछ । राज्यले वा अन्य कुनै माध्यमबाट प्राप्त रकमको व्यवस्थापन गरी वृद्धावस्थामा परिचालन गरी आत्मसम्मान र स्वाभिमानका साथ जीवनयापनको लागि सहयोग पु¥याउने उद्देश्यका साथ यो बचत सञ्चालन गर्न संस्थाले विशेष प्राथमिकता निर्धारण गर्न सक्नेछ ।
ञ) विशेष बचत
कुनै विशेष शिर्षक तोकी सोहि प्रयोजनको लागि रकम झिक्ने गरी गरिने बचतलाई विशेष बचत भनिनेछ । विशेष बचतमा सदस्यले न्यूनतम रु.५००।– देखि बढीमा जतिसुकै रकम जम्मा गर्न सक्नेछ ।
ट) शिक्षा बचत  :
सदस्यहरुका सन्तती वा आफ्नै उच्च शिक्षाको लागि चाहिने ठुलो रकमलाई लक्षित गरी निश्चित अवधिसम्म नझिक्ने गरी संस्थामा खाता खोली राखिने बचतलाई शिक्षा बचत भनिन्छ । यस्तो बचत लक्षित सन्तती वा आफ्नै उच्च शिक्षा हासिल गर्ने अवस्थामा वित्तीय चुनौति सामना गर्न नपरोस् भन्ने उद्देश्यले राखिन्छ । संस्थाले यस्ता बचतकर्ता सदस्यहरुलाई उच्च शिक्षाको लागि थप ऋण लगानी गर्ने प्राथमिकता निर्धारण गर्न सक्नेछ । यस्तो बचतमा एक पटकमा न्यूनतम रु ५०० देखि बढिमा जतिसुकै रकम जम्मा गर्न सकिनेछ ।
ठ) तिर्थाटन बचत :
धार्मिक यात्रा, धार्मिक पर्यटन वा तिर्थब्रतमा इच्छुक सदस्यहरुले लक्षित तिर्थाटनमा लाग्ने खर्च बन्दोबस्तीका लागि गर्ने बचतलाई तिर्थ बचत भनिनेछ । सदस्यहरुले धार्मिक पर्यटन वा तिर्थ यात्रा गरे वापत ऋणको बोझ व्यहोर्नु नपरोस् भन्ने उद्देश्यले संस्थाले यस्तो बचत सेवा सञ्चालन गर्नेछ । तिर्थ बचतमा सहभागि सदस्यहरुलाई सहभागितात्मक रुपमा धार्मिक पर्यटनमा लैजान संस्थाले यस सेवामा सहभागि सदस्यहरुको लागत सहभागिता रहने गरी संयोजन गर्न सक्नेछ । यस्तो बचतमा न्यूनतम रु ५००।– देखि बढिमा जतिसुकै रकम जम्मा गर्न सकिनेछ ।

?>