Notice

  • नियमित बचतमा ९%, ऐच्छिक बचतमा ७.५%, बाल बचतमा ७.५%, दैनिक बचतमा ६.५%, बिमा बचतमा ८%, रेमिट्यान्स बचतमा ८%, अक्षयकाेष बचतमा ११.७५%, बिशेष बचतमा ८.५%, आवधिक बचतमा ८-१२% ब्याजदर –

रेमिटान्स् सेवा

संसारका जुनसुकै ठाउँ, सहरबाट पठाइएको रकम सजिलैसंग झिक्न र पठाउन सकिने सेवा हो रेमिटान्स अर्थात (विप्रेषण) सेवा । पूर्वी पाल्पाको दोस्रो ब्यापारीक केन्द्र रामपुर बेझाँड स्थित रहेको रामपुर बचत तथा ऋण सहकारी संस्था लि.ले यस भेगमा रहेका स्याङ्गजा, तनहुँ, नवलपरासी, पाल्पा जिल्लाकालाई लक्षित गरी रेमिटान्स् (विप्रेषण) सेवा चलाउदै आएको छ । २०६५ साल देखि सुरु गरेको यो सेवाले हाम्रा शेयर सदस्य तथा अन्य ग्राहक महानुभावहरुलाई राम्रो सेवा तथा फाईदामुखी भएको हाम्रो संस्थाले महसुस गरेका छौं । नाफामुखी नभएर सेवामुखीको उद्देश्य राखेर संचालनमा रहेको यो रेमिटान्स् सेवाले सबैलाई लाभदायी हुने विश्वस गरेछौं । करिब २४ वटा रेमिटान्स् कम्पनीसंग सम्झौता गरी रेमिटान्स् अर्थात (विप्रेषण) सेवा संचालनमा ल्याइएको छ । कुनै पनि देशबाट पठाइएको रकम सजिलैसंग झिक्न र पठाउने व्यवस्था मिलाइएको छ । यो सेवाले हाम्रा शेयर सदस्य तथा अन्य ग्राहकमहानुभावहरुलाई फाईदा पुग्ने लक्ष्य लिएका छौं ।