Notice

  • नियमित बचतमा ९%, ऐच्छिक बचतमा ७.५%, बाल बचतमा ७.५%, दैनिक बचतमा ६.५%, बिमा बचतमा ८%, रेमिट्यान्स बचतमा ८%, अक्षयकाेष बचतमा ११.७५%, बिशेष बचतमा ८.५%, आवधिक बचतमा ८-१२% ब्याजदर –

रामपुर साकोसले स्थानीय तहहरूलाई खाद्यन्न सहयोग

पाल्पा रामपुर, कोरना भाइरस (COVID-19) बाट सजग रहन नेपाल सरकारद्धारा गरेको बन्दाजन्दी (लकडाउन)का कारण रामुर बचत तथा ऋण सहकारी संस्था लि.ले आफनो कार्यक्षेत्र भित्र रहेका विभिन्न स्थानीय तहलाई खाद्यन्न सामग्री सहयोग हस्तान्तरण गरेको छ ।


संस्थाको कार्यक्षेत्र रहेको रामपुर नगरपालिका, निस्दी गाउपालिका र पूर्वखोला गाउँपालिकामा रहेका दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्नुपर्ने, श्रमिक, अति विपन्न, अशक्ततामा रहेका नागरिकको दैनिक खानपान, औषधी उपचार सामग्री सहित खाद्यन्न राहत हस्तान्तरण गरेको छ ।

शनिवार रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्य, इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख आशोक कुमार आचार्य, निस्दी गाउँपालिकाका प्रमुख मुक्त बहादुर सारु, लेखा अधिकृत सन्जय काफले, पूर्वखोला गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष भोग बहादुर थापा सारु, कार्यपालिका सदस्यलाई संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले, संस्थाका पदाधिकारी, पत्रकार लगायतको रोहवरमा राहत सामग्री हस्तान्तरण गरेको हो ।


संस्थाको कार्यक्षेत्र रहेको रामपुर नगरपालिकाकालाई १ सय, निस्दी गाउँपालिकालाई १ सय र पूर्वखोला गाउपालिका वडा नं. १ का ५० घरपारिवारका लागि अति विपन्न दैनिक मजदुरीमा जीवन धान्ने नागरिकलाई राहत स्वरुप खाद्यन्न लगायतका सामग्री वितरण गरेको हो ।

© Nepal Exchange Rates