सहकारी संस्थालाई कोपोमिस तालिम

पाल्पा तानसेन, पाल्पा भित्र रहेका सहकारी संस्थाहरुलाई कोपोमिस तालिम संचालन गरेको छ । सहकारी प्रशिक्षालय, नेपालगंजको आयोजना तथा जिल्ला बचत तथा ऋण सहकारी संघको सहकार्यमा २ दिने कोपोसिम तालिम ंसंचालन गरेको हो । २ दिने कार्यक्रम सहजीकरण गर्दै सहकारी प्रशिक्षालय नेपालगंजका प्रदेश नं. ५ का सहकारी अधिकृत श्रीकृष्ण नेपालले सहकारीको अवधारणा मूल्य र सिद्धान्तहरु, सहकारी नियमावलीका मुख्य मुख्य ब्यवस्थाहरु तथा एउटै प्रकृतिका सहकारीहरुमा दोहोरो सदस्यता हुन नहुने कुरा माथि छलफल गर्नुभएको थियो । तालिममा पाल्पा जिल्लाका ४९ वटा सहकारी संस्थाहरु सहभागि भएका थिए ।

?>