ऋणका प्रकारहरूः

संस्थाका ऋण लगानीलाई योजना, प्रतिवेदन र विश्लेषणको सहजताका लागि संस्थाले आफ्ना सदस्यहरुको पेशा, व्यावसाय, आय क्षमता, भौगोलिक अवस्थिति आदिका आधारमा ऋण लगानीका क्षेत्र र शिर्षकहरु निर्धारण गर्न सक्नेछन् । संस्थाले हाल कार्यान्वयन गर्ने प्रयोजनको लागि निम्न क्षेत्र र शिर्षकहरु निर्धारण गरिएको छ । ऋण लगानी तथा विश्लेषणलाई व्यवस्थित गर्नको लागि लगानीका क्षेत्रहरुलाई देहायका क्षेत्रमा वर्गीकरण गरिएको छ ।
क) औद्योगिक
ख) व्यापार तथा व्यवसाय
ग) कृषि
घ) सम्पत्ती खरिद तथा मर्मत
ङ) शैक्षिक
च) सामाजिक
छ) वैदेशिक रोजगार