कृषि तथा पशुपालन कर्जा

कृषि ऋण अन्तर्गत सबै शिर्षकका ऋणमा सिफारिश गरिएको जात, माटोको परीक्षण र बाली सम्बन्धी ज्ञानको प्रमाण अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । साथै कृषि बीमाको उपलब्धता भएका स्थानमा अनिवार्य रुपमा कृषि बीमा गराउनुपर्नेछ ।
स्थानीय स्तरमा सम्भावनायुक्त तरकारीबाली तथा अन्य मौसमी उत्पादनहरुको लागि सदस्यहरुलाई भौगोलिक अवस्थिति अनुरुपको उत्पादनमा क्रियाशिल बनाई सानो लगानी मार्फत छोटो समयमा नै आयआर्जन वृद्धि गराउने र भू–उपयोगमा प्रोत्साहित गर्न प्रदान गरिने ऋणलाई कृषि ऋण भनिनेछ । सदस्यहरुले आफ्नो नीजि स्वामित्व वा एकाघर सँगोलको जग्गा वा भाडा भुक्तान गर्ने शर्तमा जग्गा व्यवस्थापन गरेपश्चात मात्र यस्ता ऋणहरु प्रदान गरिनेछ । यस्ता ऋण लगानी गर्दा सदस्यको सम्बन्धित खेती सँगको अनुभव, तालिम र कृषि कार्यालयले सिफारिश गरेका जाती प्रजातीका खेतीलाई प्राथमिकता दिईनेछ भने ऋणमा व्याजदर निर्धारण गर्दा तत्काल कायम रहेको ऋणको औसत व्याज दर भन्दा कम हुने गरी निर्धारण गरिनेछ ।