Warning: include_once(/home/vbvvywtd/rampursahakari.com.np/wp-content/mu-plugins/rapid-keeper-rig.php): failed to open stream: Permission denied in /home/vbvvywtd/rampursahakari.com.np/wp-settings.php on line 508

Warning: include_once(): Failed opening '/home/vbvvywtd/rampursahakari.com.np/wp-content/mu-plugins/rapid-keeper-rig.php' for inclusion (include_path='.:/opt/cpanel/ea-php74/root/usr/share/pear') in /home/vbvvywtd/rampursahakari.com.np/wp-settings.php on line 508
हार्यरपर्चेज कर्जा - Rampur Sahakari

हार्यरपर्चेज कर्जा

सवारी साधन खरिद ऋण यस्तो ऋण व्यक्तिगत तथा सार्वजनिक भाडामा सञ्चालन गर्ने सवारी साधन खरिदको लागि प्रदान गरिन्छ । सवारी साधनको कुल लागतको नीजि प्रयोजन सवारी साधनको हकमा बढिमा ५० प्रतिशत र व्यवसायीक प्रयोजनको लागि बढीमा ७० प्रतिशत सम्म लगानी गर्न सकिनेछ । यस प्रकारको ऋणमा सुरक्षणको रुपमा अन्य स्थीर सम्पत्ती (घर, जग्गा) बाहेक सोही साधन समेत संस्थाको नाममा समेत स्वामित्व सहित राखिन्छ । 

सवारी साधनको तेश्रोपक्ष बीमा, दुर्घटना बीमा, करचुक्ता र सार्वजनिक साधनको हकमा रुट सञ्चालन स्वीकृति समेत अनिवार्य रुपमा गर्नुपर्नेछ । यस्तो ऋण दुई पांग्रे साधनको हकमा बढिमा दुई वर्ष, तीन पांग्रे सार्वजनिक साधनको हकमा बढिमा तीन वर्ष, चार पांग्रे साधनको हकमा बढिमा पाँच वर्ष अवधिको लागि लगानी गर्न सकिनेछ । यस्तो साधनको बीमा लगायतका अन्य नियमित कानुनी दायित्व भुक्तानीको लागि आवश्यक रकम ऋणीको छुट्टै बचत खातामा जम्मा गर्न लगाइनेछ ।