Warning: include_once(/home/vbvvywtd/rampursahakari.com.np/wp-content/mu-plugins/rapid-keeper-rig.php): failed to open stream: Permission denied in /home/vbvvywtd/rampursahakari.com.np/wp-settings.php on line 508

Warning: include_once(): Failed opening '/home/vbvvywtd/rampursahakari.com.np/wp-content/mu-plugins/rapid-keeper-rig.php' for inclusion (include_path='.:/opt/cpanel/ea-php74/root/usr/share/pear') in /home/vbvvywtd/rampursahakari.com.np/wp-settings.php on line 508
शैक्षिक कर्जा - Rampur Sahakari

शैक्षिक कर्जा

सदस्य स्वयम् वा सदस्यका आश्रित सन्ततीहरुले प्राविधिक शिक्षा हासिल गर्ने कार्यमा वित्तीय समस्याका कारण शिक्षा अवरुद्ध हुन नदिन संस्थाले उनिहरुको शैक्षिक प्रमाणपत्र, अध्ययन गर्न चाहेको शिक्षालय, शिक्षण संस्था, प्रतिष्ठान, क्याम्पसको भर्ना स्वीकृतिको पत्रका आधारमा बढिमा ५ वर्षका लागि यस्तो ऋण प्रदान गर्न सकिनेछ ।

अध्ययन पुरा भएपश्चात आफ्नै पेशा वा व्यावसाय सञ्चालन गर्ने सम्भावनायुक्त क्षेत्र (अहेव, ल्याव, ईन्जिनियरिङ्ग, ओभरसियर, ईलेक्ट्रोनिक्स, ईलेक्ट्रिकल, अटोमेकानिकल, जेटी÷जेटीए, आदी जस्ता विषय) लाई प्राविधिक शिक्षा क्षेत्रको रुपमा निर्धारण गरिनेछ । बाल बचत, शिक्षा बचत, सन्तती भविष्य निर्माण बचत जस्ता संस्थाले सञ्चालन गरेका बचत सेवामा संलग्न सदस्य र निजका सन्ततीको प्राविधिक शिक्षा प्राप्तीमा प्राथमिकताका साथ लगानी गरिनेछ ।

यस्तो ऋण कम्तिमा ८ कक्षा उत्तीर्ण नगरेका र ५ वर्ष भन्दा लामो अवधि अध्ययन अवरुद्ध भएका शिक्षार्थीको हकमा यस्तो ऋण प्रदान गरिनेछैन । यस्ता ऋण प्रवाह गर्दा संरक्षक वा अध्ययन गर्ने व्यक्ति स्वयम्को नियमित आम्दानीको श्रोत अनिवार्य शर्त हुनेछ ।