पृष्ठभूमि

पाल्पा जिल्ला साविकको रामपुर गा.वि.स. वडा नं. ४ हाल रामपुर नगरपालिका वडा नं. ५ मा अवस्थित संस्था हो । यस रामपुर बचत तथा ऋण सहकारी संस्था लि. पाल्पा जिल्ला तानसेन सदरमुकाम देखि झण्डै ६५ कि.मी. पूर्वमा रहेको एक उपत्यका भित्र रहेको संस्था हो । साविक रामपुर गा.वि.स. वडा नं. ४ स्थित बेझाँड बजारमा रहेका केही ब्यवसायिक साथीहरुको नेतृत्वले यहाँ छरिएर रहेको पुँजीलाई एकिकृत गरी स्थानीय ब्यवसायि साथीहरुको गर्जो टार्ने गरी २०५७ सालमा यस संस्था विधिवत रुपमा सहकारी ऐन २०४८ द्धारा डि.स.का. दर्ता नं. १०५/०५७/०५८ दर्ता गरिएको हो ।

२०५५ सालमा स्थापित चन्द्र ज्योति बचत तथा ऋण सहकारी सस्था लि. र २०५७ सालमा स्थापित रामपुर बचत तथा ऋण सहकारी संस्था लि. एउटै सेवा दिने संस्था बीच प्रतिस्पर्दा गर्नुभन्दा एउटै संस्था बनाई सहकारी सिद्धान्त अनुरुप विस्तारीत ढंगले अगि बढ्नु पर्छ भन्ने मान्यता साथ दुवै संस्थाका संचालक बीच बृहत छलफल गरी मिति २०६४/१२/३० गते दुवै संचालक समितिले विधिवत रूपमा निर्णय गरी २०६५/०२/०१ डिभिजन सहकारी कार्यालय पाल्पाले एकिकरण घोषणा गरेकाे थियाे । 

विधिवट रूपमा रामपुर बचत तथा ऋण सहकारी संस्था लि. दर्ता नं. १०५ रहने गरी सदस्यहरुको आर्थिक, सामाजिक दैनिक आवश्यता तथा नयाँ प्रविधि अनुरुप काम गर्ने गरी एकीकरण गरिएकाे हाे ।  नेपालको इतिहासमा पहिलो एकिकरण भएकाे सहकारी संस्था जस्तो लाग्छ ।

संस्थाको बहुउद्देश्यीय ब्यवसायिक भवन

२०६५ को एकिकरण पश्चात ८४ जना शेयर सदस्यहरुबाट शुरु गरेको यस संस्था सहकारीताको मूल्य मान्यतामा आधारित रहि रामपुरको वित्तिय क्षेत्रको आवश्यकतालाई परिपूर्ति गर्ने जोडका साथ संस्थाको शेयर सदस्यहरुको बृद्धि गर्दै अधिकत्तम बचत गर्ने बचत परिचालन ब्यवसायिक, रोजगार पूर्ण तरिकाले ऋण परिचालन गर्दै, शेयर सदस्यहरुलाई सहकारी शिक्षा, सामाजिकका अभियानहरु चलाउदै, संस्थाको क्षेत्रविस्तारलाई पनि साथ साथ जोड्दै, सहकारीको मूल मर्म र भावनालाई आत्मासाथ गर्दै हाल आएर राज्यले अवलम्वन गरेको ३ खम्बे अर्थनीति अङ्गिकार गर्दै नेपाल सरकारले जारी गरेको संघियता सहितको संविधान २०७२ अनुसार सहकारी तिनै तहको सरकारमा हस्तारण गरेकोछ । 

पाल्पा जिल्लाको रामपुर नगरपालिका लगाएत पाल्पा जिल्लाकाे १० वटै स्थानीय तहहरूलाई कार्य क्षेत्र बनाई संस्थाले साकोसलाई अझ बालियो, भरपर्दो र विश्वसिलो संस्था बनाउनका लागि हाम्रो संस्थाको छाता संंगठन नेपाल राष्टिय बचत तथा ऋण सहकारी संस्था लि. (नेफ्स्कुन) ले चलाउदै आएको विभिन्न कार्यक्रमहरु मध्ये संस्थालाई पूर्ण ब्यवसायिक मुलक दिगाे र भरपर्दो संस्था बनाउन पूर्ण ब्यवसायिक कार्यक्रम PROBATION कार्यक्रम संचालन गरी नेपालकै एउटा ब्राण्डेड संस्था बनाउने गरी पहल कदमी सुरु गरिएको छ ।

परिकल्पनाः (Vision)
“सदस्यको पहिलो रोजाई ब्यवसायिक सवल एवं उत्कृष्ट साकोस”
“An excellent, Competent & Professional Saccos for member first choice”

ध्येयः (Mission)
विश्वासिला संचालक सक्षम, जिम्मेवार कर्मचारीहरु मार्फत छरिएर रहेको पुँजीलाई एकिकृत गरी आधुनिक एवं भरपर्दो प्रविधि मार्फत छितो छरितो र स्तरिय वित्त परिचालन गरी सदस्यहरुको जीवनमा आर्थिक, सामाजिक र साँस्कतिक परिवर्तन गराउने ।