अध्यक्षको भनाई

बचत दुःखको बेला गर्जो टार्ने विज हो, सृजनात्मक कार्य गर्ने थलानीको विज पनि हो, समृद्धिका लागि आधार पनि हो भन्ने मान्यता हामीले लिदै आइएका छौं । सुरुको दिन र आजको दिन संस्थालाई तुलना गर्दा वित्तिय रुपमा, जनशक्तिको रुपमा, पहुच र प्रविधिको रुपमा अझै छलाङ्ग मार्न बाँकी रहेको महसुस गरेकोछु ।

आगमी दिनमा उक्त कार्यका लागि पहल हुने नै छ । बचत तथा ऋण सहकारी संस्था गठन गर्न जति सजिलो हुन्छ त्यो भन्दा बढी कठिन संस्था संचालन हुँदो रहेछ भन्ने कुरा हाम्रो संस्थाको संचालक समितिको अनुभवले बताईरहेको छ । संस्थालाई निर्वाहमुखी ढङ्गले सुचारु गर्न त सकिएला तर शेयर सदस्यहरुलाई व्यवसायिक र आफू संस्था स्वयं व्यवसायिक बन्न त्यति सजिलो छैन भन्ने कुरालाई आत्म साथ गर्दै संस्थागत दिगो विकासको उद्देश्यलाई अङ्गिकार गरेर अगाडी बढिरहेको कुरा यहाँहरुलाई अवगत गराउन चाहान्छु ।

यस संस्थाको कार्यक्षेत्र पाल्पा जिल्लाका १० वटै स्थानीय तहलाइ समेटेर  शेयर सदस्यहरुलाई सेवा दिईरहेको छ । संस्थाको एकीकरण पश्चात संस्थागत विकास एवं शेयर सदस्यहरु बीच आर्थिक क्रियाकलापमा क्रियाशिल हुदै आएको कुरा सबैका सामु छिपेको छैन जस्तो लाग्छ । दिनप्रतिदिन सहकारी सिद्धान्त अनुरुप खुल्ला सदस्यताको नीति अवलम्वन गर्दै जादा शेयर सदस्यताको बृद्धिले संस्था संचालनलाई अझै ब्यवस्थित गर्नुपर्ने, संचालन प्रक्रियालाई चुस्तदुरुस्त पार्नु अग्रसर हुन सुशासनमा अगाडी बढाउने जस्ता चुनौतीहरु थपिदै गएको कुरा पनि यहाँहरुलाई जानकारी गराउन चाहान्छु ।

संस्थाले आफै संचालन गरेका कृषकमुखी कार्यक्रमहरुलाई पनि अझै ब्यवस्थित र कार्यान्वयन चरणमा थप प्रभावकारी बनाउन लागि पार्नु परेकोछ । त्यो कुरा अगामी दिनमा कार्यान्वयनको चरणमा गए पछि मात्र अझै तपाईलाई संस्थाको कार्यक्रमको बारेमा थप अनुभूती हुने छ । उक्त कार्यक्रमहरु संस्थाले तयार गर्न लागिएको आवधिक योजनामा उल्लेखित गरिनेछ ।

वित्तिय संस्था भन्नु नै अझै बढी जोखिम हुन्छ भन्ने कुरालाई ध्यानमा राख्दै सदस्यहरुको पुँजीलाई सुरक्षित र ब्यवस्थित गर्न जोखिममा आधारित रहेर ऋण लगानी पद्धतिलाई ब्यवसायिक बनाउदै लैजानका लागि थप योजनाहरु अगाडी बढाउन पर्ने महसुस गरिएको छ । त्यसका लागि आफै अनुगमन निती ब्यवस्थित बनाउदै लगिनेछ शेयर सदस्यहरुलाई नैतिकवान र क्रियाशिल गराउनका लागि निरन्तर सहकारी शिक्षालाई प्रभावकारी ढंगले कार्यान्वयन गरिरहेको छ । तर पनि सदस्यहरु संस्थागत नीति नियम र सहकारी पद्धतिलाई घरदैलोमा पुर्याउन विभिन्न किसिमका छलफल अन्र्तक्रिया र आवश्यकता अनुसारको शिक्षा प्रदान गरिदै आइएको छ । संस्थालाई अझै क्रियाशिल गराउन र ब्यवसायिक बनाउन संस्थागत भौतिक संरचनालाई क्रमश सुधार गर्दै अगाडी बढाउन भवन निर्माण कार्य थालनी गर्ने प्रस्ताव गरिएको छ ।

दक्ष जनशक्तिका लागि कर्मचारीहरुलाई तालिम भ्रमण र आवश्यक सिप विकास कुरालाई तिब्र परिचालन र प्रशिक्षण गरिदै आइरहेको एवं सप्mटवेयरलाई अध्याबधिक गरिदै आइएको छ ।

शेयर सदस्य एवं संचालकलाई बेला बेलामा भ्रमण अवलोकन एवं अनुभव अदानप्रदान गर्ने कार्यलाई निरन्तरता दिदै आइरहेको छ । संस्थाले आफना शेयर सदस्यहरुलाई सहकारी संस्थाको माध्यमबाट आर्थिक रुपमा रुपान्तरण गर्न सकिन्छ भनेर विभिन्न सरकारी गैरसरकारी संघ संस्थासंग समन्वय गरेर विभिन्न किसिमका सिपमूलक कार्यहरु समेत गरिदै आइरहेको छ । सरकारको नीतिगत ब्यवस्था अनुसार सहकारीले गर्नुपर्ने सरकार संगका सम्पूर्ण कुराहरुलाई ब्यवस्थित गर्दै तिर्नुपर्ने श्रोतमा करकट्टी आयमा कर जस्ता आवश्यक बुझाउनुपर्ने सम्पूर्ण दायित्व बुझाई सकिएको समेत जानकारी गराउदछु ।

सहकारीको माध्यमबाट संचालित आय आर्जन तथा सामाजिक विकासका गतिविधीले संस्था कार्यक्षेत्र भित्रका शेयर सदस्यहरुमा आयमूलक खालका स–साना ब्यवसाय सृजनाले फजुल खर्च गर्न र अन्य अनावश्यक कार्यमा ध्यान केन्द्रित नगरी आफनो ब्यवसायमा लक्षित हुदै जाने कार्य बढिरहेको पाइएको छ । त्यसैले गर्दा गरिबी न्यूनिकरणमा संस्थाको योगदान राम्रो हुने कुरा महसुस गरिएको छ ।