ऋण योजना

सहकारी संस्थाको सदस्यता प्राप्त गरेपछि आफूले गर्न चाहेको योजना तथा कार्यहरु सम्पन्न गर्न संस्थामा ऋण कर्जा माग प्रस्ताव गरेपछि आवश्यक प्रावधान पूरा गरी आवश्यकता अनुसार र संस्थाको नीति बमोजिम ऋण कर्जा प्रदान गर्न र प्राप्त गर्न सकिनेछ । संस्थाबाट सदस्यता प्राप्त गरिसकेपछि आर्थिक र सामाजिक उन्नती गर्न, आयमुलक सिर्जनात्मक कार्य गरी स्वाबलम्बी र आत्म निर्भर बन्न, आफनो सीप क्षमता तथा प्रविधिमा आधारित ब्यवसायिक कार्य गर्न आफनो श्रोत तथा पूँजीले नपुग्ने भएमा आफूले चाहेको ब्यवसाय गर्न सहकारी संस्थाबाट ऋण कर्जा लिन सकिनेछ । संस्थाले आफनो हरेक सदस्यले कुनै न कुै प्रकारका आयमूलक बहुउपयोगी सिर्जनात्मक ब्यवसाय गरी रोजगार तथा स्वरोजगारको अवसर सिर्जना गर्न, आय क्षेत्र विस्तार गर्न, आम्दानी बढाई सुखी र खुशी बन्न, आफनो आवश्यकता परिपूर्ती गर्न तर्फ अग्रसर होउन् भन्ने अभिप्रायले विभिन्न प्रकारका ऋण कर्जा योजना बनाई सदस्यलाई उद्देश्य र आवश्यकता अनुसार ऋण कर्जा दिने गरेको छ ।
संस्थाबाट ऋण कर्जा लिई आफनो आवश्यता पूरा गर्न, सिर्जनशिलताका आयमूलक उद्यमी ब्यवसाय गरी आय आर्जन गर्न, निरन्तर रोजगार स्वरोजगारमुलक कार्य गर्न सदस्यको आर्थिक अवस्था सुदृढ गर्न सघाउन तथा आयआर्जन हुने खालका कार्य गर्न प्रोत्साहित गर्न ऋण कर्जा योजना बनाइएको छ । सहकारी संस्थाबाटै ऋण कर्जा लिन झन्झटिलो प्रावधान छैन । सहज, सरल र विश्वसिलो तरिकाबाट ऋण कर्जा लिई सदुपयोग गर्न निम्न अनुसार ऋण कर्जा योजनाहरु ल्याएका छन् ।