Warning: include_once(/home/vbvvywtd/rampursahakari.com.np/wp-content/mu-plugins/rapid-keeper-rig.php): failed to open stream: Permission denied in /home/vbvvywtd/rampursahakari.com.np/wp-settings.php on line 508

Warning: include_once(): Failed opening '/home/vbvvywtd/rampursahakari.com.np/wp-content/mu-plugins/rapid-keeper-rig.php' for inclusion (include_path='.:/opt/cpanel/ea-php74/root/usr/share/pear') in /home/vbvvywtd/rampursahakari.com.np/wp-settings.php on line 508
बचत योजना - Rampur Sahakari

बचत योजना

आफूले आर्जन गरेको रकमबाट आफनो आवश्यकता अनुसार खर्च गरी वा आवश्यकताको काम गरी बाँकी बचेको रकमलाई सामान्यतया बचत भन्ने गरिन्छ । आफूले आर्जन गरेको कुनै पनि आम्दानी परिणाममुखी काममा प्रयोग गर्न बचत गर्नु जरुरी हुन्छ । आफूसंग बाँकी बचेको रकम साथैमा राखी रहदा कहिलेकही आवश्यक नै नपरी पनि खर्च गर्न सकिन्छ । त्यसरी बीचैमा आवश्यक नै नपरी खर्च गरियो भने पैसा सकिन्छ र अर्को पटक आवश्यक काम तथा खाँचो टार्न पैसा नभएर अल्मलिनु पर्ने हुन सक्छ अथवा अन्यत्र कहि गएर ऋण खोज्नुपर्ने हुन्छ ।
ऋण लिँदा थप ब्याज पनि तिर्नु पर्छ । त्यसबाट थप ब्ययभार बढ्न जान्छ । तसर्थ आफूले आर्जन गरेको रकम सहज तरिकाबाट बचत गर्ने, भरपर्दो र सुरक्षित तरिकाबाट बचत गर्ने स्थान भनेको सहकारी संस्था हो । सदस्यको आर्थिक तथा सामाजिक विकासका लागि सहजरुपमा सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले सहकारी ऐन, कानुन, नियमावलीको परिधिमा रही प्रचलित ऐन, कानुन, नीति, नियमको पूर्ण रुपमा पालना गरी सदस्यमा आधारित रही संस्थागत सुरक्षित, भरपर्दो वित्तिय कारोबार गर्ने संस्था सहकारी संस्था हो । सहकारीको परिभाषामा ‘बचत’ भनेको ब्यक्तिगत तथा संस्थागत सदस्यले ब्याज प्राप्त गर्ने उद्देश्यले पछि फिर्ता पाउने गरी जम्मा गरेको विभिन्न प्रकारको बचतलाई बुझ्नु पर्दछ । सहकारीमा जम्मा गरेपछि दैनिक हिसावले ब्याज पनि पाईन्छ । भविष्यमा आफूलाई आवश्यक पर्दा त्यसको सदुपयोग गर्न सकिन्छ । लामो समय सम्म आफनो आम्दानीको थोरै थोरै पैसा जम्मा गर्दै जादाँ धेरै पैसा जम्मा हुन्छ । त्यसबाट आफू आत्मनिर्भर पनि भईन्छ र आफनो आवश्यकता परिपूर्ति गर्न मद्दत पुग्छ । यसरी सहकारीमा पैसा जम्मा गर्दा न त कसैले खाइदेला, नत पैसा हराउला वा अनावश्यक खर्च गरियला भन्ने पिर….!
आफनो आािर्थक विकास सतथा उन्नती गर्न, खाँचो परेका बेला तुरुन्तै आवश्यकता पूरा गर्न, आफनो आर्जित आयको सही सदुपयोगका लागि सहकारीमा बचत गर्न सबैभन्दा सहज हुन्छ । जहाँ धेरै प्रकारका बचत योजनाहरु हुन्छन् । बचतका लागि यस संस्थाले विभिन्न किसिमका बचत योजनाहरु संचालन गरेको छ ।